काठमाडौं । सम्पत्ति बीमा निर्देशन, २०८० विपरित सम्पत्ति बिमा गराउने बिमा कम्पनीलाई कारबाही गर्ने नेपाल बीमा प्राधिकरणले चेतावनी दिएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै सम्पत्ति बीमा निर्देशन २०८० पालना गर्न निर्देशन दिएको हो ।
निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमा निर्देशन, २०८० बिपरित मोटर बीमालेख, सामुन्द्रिक बिमालेखसहित ७ प्रकारका बीमालेख अन्तर्गत रक्षावरण हुने जोखिमका लागिसमेत सम्पत्ति बीमालेख जारी गरेको भन्दै प्राधिकरणले नगर्न चेतावनी दिएको हो ।
सम्पत्ति बीमा निर्देशन,२०८० को निर्देशन नं. ५ को ४ अन्र्तगत निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमालेख, सामुन्द्रिक बिमालेख, हवाई बीमालेख, इन्जिनियरिङ बिमालेख, कृषि पशुंपक्षी तथा जडिबुटी बीमालेख, नगद तथा मार्गस्थ बीमालेख र बैंकर्स को क्षतिपूर्ति बीमालेख लगायतका विविध बीमा अन्तर्गत रक्षावरण हुने जोखिमको लागि सम्पत्ति बीमालेख जारी गर्न नपाउने व्यवस्था छ ।
तर केहि निर्जीवन बीमा कम्पनीहरुले यस्तो खालको बीमालेख जारी गरेको पाएपछि प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै कारबाही अगाडि बढाउने बताएको हो ।
प्राधिकरणले सम्पत्ति बीमा निर्देशन, २०८० बिपरित गएर बीमालेख जारी गर्ने कम्पनीलाई बीमा ऐन, २०७९ बमोजिम कारबाही गर्ने जनाएको छ ।
FACEBOOK COMMENTS