काठमाडौं । बर्जर पेन्ट्स नेपालले विपद्को कठिन परिस्थितिमा देश र जनताको साथमा उभिनु आफ्नो परम दायित्व भएको भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा राहत तथा पुनस्र्थापनाका लागि उक्त रकम हस्तान्तरण गरेको हो । सहयोगले विपद्बाट प्रभावित समुदायलाई आवश्यक राहत तथा सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
२५ वर्षदेखि विश्वास र गुणस्तरको पर्याय बन्दै आएको बर्जर पेन्ट्स नेपालले कठिन परिस्थितिबाट छिटो उठ्न सबैको साझा प्रयास र सहयोग आवश्यक रहेको जनाएको छ । कम्पनीले समृद्ध नेपाल निर्माणको यात्रामा आफू सधैँ प्रतिबद्ध रहनेसमेत बताएको छ ।