काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले नेताहरूलाई निषेध गरेर चुनाव हुन नसक्ने बताएका छन् ।
आज बुधबार बाराको सिमरामा नेकपा (एमाले) का नेताहरूलाई कार्यक्रमस्थलमा जान रोक लगाइएको विषयलाई लक्ष्य गर्दै उनले यस्तो क्रियाकलापले आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभाको चुनाव हुनेमा शङ्का व्यक्त गरेका हुन् ।
‘नेताहरूलाई आफ्ना सभा–सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अवरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ? अनि यस्तो काम गर्न पाइन्छ कसरी ?,’ आचार्यको प्रश्न छ ।
उनले आफ्नो समर्थनको सरकार भएको जेन जी समूहले झनै बढी जिम्मेवार हुनुपर्नेमा जोड दिँदै उत्तेजना बढाउने कार्य कसैको हितमा नहुने पनि स्मरण गराएका छन् ।
‘आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनुपर्ने होइन र ? जेन जीका भाइबहिनीहरूले यसमा हेक्का राख्नुपर्यो,’ आचार्यले भनेका छन्, ‘उत्तेजना बढाउने काम कसैको हितमा हुँदैन ।’

याे पनि पढ्नुहाेस्–

जेन जी मधेश संयोजकले भने– सिमरा घटना एमालेले नै घटाएकाे हाे