![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । मंगलबार पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाण बराबरको नेपाली रुपैयाँ बरामद भएको हो ।
मंगलबार बुढानीलण्ठस्थित घरबाट बम्जन पक्राउ पर्दा प्रहरीले बरामद गरेको सामान बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हाे । सीआईबीका अनुसार बम्जनले प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फर्च्युन गाडी चढ्ने गरेका थिए ।
उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि रहेको प्रहरीले जानकारी दिएको छ ।
उनको साथबाट १४ वटा मोबायल, २ वटा ल्यापटप, २ वटा मेमोरी काड, १ भ्वाइस रेकडर २० वटा पेन्डाइभ र ५ वटा आईप्याड तथा ट्याब पनि प्रहरीले बरामद गरेको छ ।
यो हेर्नुहोस् तस्वीर
FACEBOOK COMMENTS