काठमाडौं । बोटलर्स नेपाल लिमिटेडलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान द्वारा आयोजित एक कार्यक्रममा म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरी अन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट २०२२ को लागि गोल्ड अवार्ड प्रदान गरिएको छ । आर्थिक वर्ष २०७८ र ७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर, र ट्रान्स्पेरेन्सि अफ इन्फर्मेसनको लागि बिएनएल लाई यो अवार्ड प्रदान गरिएको हो ।
बोटलर्स नेपाल (तराई) लिमिटेड (विएटिएल) लाई २०२२ को लागी सोही श्रेणीमा आईक्यानद्वारा मेरिट अवार्ड पनि प्रदान गरिएको थियो
उक्त पुरस्कार अर्थमन्त्री डा. प्रकाश शरण महतलेद्वारा आयोजित एक कार्यक्रममा बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरेको थियो।