काठमाडौं। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सहरी यातायातका लागि उपयुक्त आधुनिक प्रविधि, उत्कृष्ट क्षमता, र आरामदायी यात्राको मेल भएको नयाँ टाटा म्याजिक बीएस६ गाडी सार्वजनिक गरेको छ।
चितवनमा आयोजित एक विशेष कार्यक्रममा कार्यक्रममा चितवन यातायात प्रालिका अध्यक्ष खेम बा. आले, भरतपुर महानगर यातायात प्रालिका अध्यक्ष चिनी बा. बोहरा, छाहारी यातायात प्रा.लि.का अध्यक्ष बद्री प्र. पौडेल, सार्वजनिक मकवानपुर यातायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र बा. कार्की, सार्वजनिक ओम शान्ति यातायात प्रालिका अध्यक्ष प्रदीप राज हमाल, पूर्व चितवन कालिका यातायातका अध्यक्ष मिन कुमार श्रेष्ठ, र त्रिनेत्र चितवन यातायात प्रालिका अध्यक्ष कपिल पाण्डे लगायतका विशिष्ट अतिथिहरू सहभागी थिए।
कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका एजीएम सेल्स, सीभीबीयू कृष्ण चन्दले टाटा म्याजिक बीएस६ सहरी यातायातका लागि प्रभावकारी समाधान भएको बताउँदै यसले यात्रुहरूको सहजता र क्षेत्रको आर्थिक गतिशीलता बढाउने विश्वास व्यक्त गरे। उनले भने, नेपालगन्ज क्षेत्रमै उच्चस्तरीय बिक्री, सर्भिस, र पार्ट्स सुविधा उपलब्ध गराउँदै सिप्रदी ग्राहकहरूको सन्तुष्टिका लागि प्रतिबद्ध छ।
त्यसैगरी, सिप्रदी ट्रेडिङ प्रालिका कमर्सियल भेइकल्स बिजनेस युनिटका प्रोडक्ट म्यानेजर इन्द्रमणि पोखरेलले टाटा म्याजिक बीएस६ ले सहरी यातायातमा नयाँ क्रान्ति ल्याउने बताए। उनले यस गाडीको प्रविधि, आराम, र सुरक्षाले यात्रुको अनुभवलाई स्तरीय बनाउने उल्लेख गर्दै विद्यालय र सहरी यातायातलाई थप सुरक्षित र प्रभावकारी बनाउन यो विशेष डिजाइन गरिएको जानकारी दिए।
टाटा म्याजिक गाडी नेपाली बजारमा पहिलोपटक २००८ मा बीएस२ संस्करणका साथ भित्रिएको थियो। त्यसयता बीएस३, बीएस४ हुँदै अब बीएस६ संस्करण ल्याइएको हो। सिप्रदीका अनुसार, यो गाडीले नेपाली बजारमा ९५ प्रतिशत हिस्सा ओगटेको छ। हालसम्म ४ हजारभन्दा बढी म्याजिक भ्यानहरू नेपाली सडकमा सञ्चालनमा रहेका छन्। कम्पनीले टाटा म्याजिक बीएस६ पनि सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्प हुने विश्वास लिएको छ।
टाटा म्याजिक बीएस६ मा ६९४ सीसी पेट्रोल इन्जिन रहेको छ, जसले ३० एचपी पावर र ५५ एनएम टर्क उत्पादन गर्छ। पाँच स्पीड गियरबक्ससहितको यस गाडीमा १३ इन्चका टायर, डिजिटल ओडोमिटर, इको स्विच, एबीएस, र एन्टी-रोलबार जस्ता विशेषताहरू छन्।
यो गाडी यात्रु र चालक दुवैको सहजताका लागि विशेष रूपमा डिजाइन गरिएको छ, जसले सहरी यात्रालाई थप सुरक्षित, आरामदायी, र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS