काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा बीवाईडीको नयाँ जेनेरेसन एट्टो सिरिज सार्वजनिक गरेको छ ।
कम्पनीले एक्स्पोमार्फत मंगलबार एट्टो १, एट्टो २ को नयाँ एसेन्सियल भेरियन्ट र २०२६ एट्टो ३ सार्वजनिक गरेको हो । नयाँ लाइनअपमा डिजाइन, प्रविधि, सुरक्षा तथा आरामदायी सुविधामा सुधार गरिएको कम्पनीले जनाएको छ । बीवाईडीको नेपाल वेबसाइटमा एट्टो १, एट्टो २ र एट्टो ३ गरी यी मोडलहरू नेपाल बजारका लागि सूचीकृत छन् । एट्टो १ मा द्यबिमभ द्यबततभचथ, भ–एबितायचm ३.० र ख्२ी सुविधा रहेको कम्पनीले उल्लेख गरेको छ भने एट्टो २ पनि भ–एबितायचm ३.० तथा ऋभिि–तय–द्ययमथ प्रविधिमा आधारित छ ।
एट्टो १ मा ३६० डिग्री क्यामेरा
नयाँ एट्टो १ को डायनामिक र प्रिमियम दुवै भेरियन्टमा सुविधा थप गरिएको कम्पनीले जनाएको छ । यसअन्तर्गत दुवै भेरियन्टमा ३६० डिग्री क्यामेरा उपलब्ध गराइएको छ । यसले पार्किङ तथा साँघुरो स्थानमा गाडी चलाउँदा चालकलाई वरपरको अवस्थाबारे थप जानकारी दिन सहयोग गर्नेछ । एट्टो १ प्रिमियममा अटो–फोल्डिङ ओआरभीएमसमेत थप गरिएको छ ।
बीवाईडीको आधिकारिक नेपाल वेबसाइटका अनुसार एट्टो १ मा ३०० किलोमिटरसम्मको ध्ीत्ए रेन्ज, द्यबिमभ द्यबततभचथ र २.२ किलोवाटसम्मको ख्२ी सुविधा उपलब्ध छ । एक्स्पोमा सार्वजनिक गरिएको नयाँ मूल्यअनुसार एट्टो १ डायनामिकको मूल्य ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।
एट्टो २ मा थपियो एसेन्सियल भेरियन्ट
बीवाईडीले एट्टो २ को लाइनअपमा नयाँ एसेन्सियल भेरियन्ट थप गरेको छ । यसले एट्टो २ लाई तुलनात्मक रूपमा थप किफायती विकल्पका रूपमा प्रस्तुत गरेको कम्पनीले जनाएको छ। एट्टो २ को आधिकारिक अन्तर्राष्ट्रिय विवरणअनुसार यो भ–एबितायचm ३.० मा आधारित कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हो । यसमा घुमाउन मिल्ने इन्फोटेनमेन्ट स्क्रिन, इलेक्ट्रिक रूपमा समायोजन गर्न मिल्ने सिट तथा भेन्टिलेसन सुविधा उपलब्ध छन् ।
कम्पनीले यसमा ऋभिि–तय–द्ययमथ प्रविधिसमेत प्रयोग गरेको जनाएको छ । नेपालमा सार्वजनिक गरिएको एट्टो २ एसेन्सियलमा ४५.१२ पध्ज ब्याट्री जडान गरिएको छ । यसले ध्ीत्ए परीक्षणअनुसार एकपटकको पूर्ण चार्जमा ३१२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, एट्टो २ प्रिमियमको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।
२०२६ एट्टो ३ मा डिजाइन र प्रविधिमा अपडेट
बीवाईडीले आफ्नो लोकप्रिय एट्टो ३ को नयाँ संस्करणमा पनि उल्लेखनीय परिवर्तन गरेको छ । नयाँ एट्टो ३ को डिजाइनसँगै इन्टेरियर, चार्जिङ, कनेक्टिभिटी तथा ड्राइभिङ सुविधामा सुधार गरिएको छ ।२०२६ एट्टो ३ को अन्तर्राष्ट्रिय नयाँ संस्करणमा द्यथ्म् भ–एबितायचm ३.० भ्खय, दोस्रो पुस्ताको द्यबिमभ द्यबततभचथ, नयाँ ड्राइभट्रेन तथा तीव्र चार्जिङ प्रविधि प्रयोग गरिएको छ । चीनमा सार्वजनिक गरिएको नयाँ संस्करणले भेरियन्टअनुसार ५४० किलोमिटरदेखि अधिकतम ६३० किलोमिटर ऋीत्ऋ रेन्ज दिने बताइएको छ ।
नेपालमा सार्वजनिक गरिएको संस्करणमा भने कम्पनीले ‘डाइनामिक ड्रागन फेस’ डिजाइन अपनाएको जनाएको छ । अगाडिको भागमा नयाँ डिजाइनका हेडलाइट तथा पछाडितर्फ नयाँ टेललाइट डिजाइन दिइएको छ । इन्टेरियरमा पनि सुधार गरिएको छ । नयाँ एट्टो ३ मा अयगिmल–mयगलतभम नभबच कभभिअतयच राखिएको छ, जसले सेन्टर कन्सोलमा थप स्थान उपलब्ध गराउँछ । त्यस्तै, ५०ध् वायरलेस स्मार्टफोन चार्जिङ, ८.८ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा भेन्टिलेटेड फ्रन्ट सिटजस्ता सुविधा उपलब्ध छन् ।
नयाँ एट्टो ३ मा चालक र अगाडिको यात्रु दुवैका लागि भेन्टिलेटेड सिट उपलब्ध गराइएको छ । अडियो प्रणालीतर्फ पनि सुधार गर्दै म्ष्चबअ ज्म् क्यगलम र ८–स्पिकर सेटअप उपलब्ध गराइएको कम्पनीले जनाएको छ । बीवाईडी नेपालले एट्टो ३ मा भ–एबितायचm ३.०, द्यबिमभ द्यबततभचथ, १५.६ इन्चको रोटेटिङ इन्फोटेनमेन्ट डिस्प्ले, प्यानोरामिक सनरुफ तथा विभिन्न ड्राइभिङ असिस्ट सिस्टम उपलब्ध रहेको उल्लेख गरेको छ । एक्स्पोमा सार्वजनिक गरिएको मूल्यअनुसार २०२६ बीवाईडी एट्टो ३ एडभान्स्डको मूल्य ६२ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
एक्स्पोमा विशेष अफर
नयाँ एट्टो सिरिज सार्वजनिक गरेको अवसरमा बीवाईडीले नाइमा मोबिलिटी एक्स्पोमा विशेष अफरसमेत ल्याएको छ । कम्पनीका अनुसार एक्स्पो अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको नि:शुल्क इन्फोटेनमेन्ट तथा बीवाईडी एप कनेक्टिभिटी, विशेष नगद छुट, १० वर्षसम्मको एक्सटेन्डेड वारेन्टी, एक वर्षको नि:शुल्क बीमा, एक वर्षको सडक दस्तुर तथा नि:शुल्क एसेसरिज प्राप्त गर्नेछन् ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौंको भृकुटीमण्डपमा साउन ३१ गतेसम्म आयोजना भइरहेको छ । एक्स्पोमा बीवाईडीको स्टलमा नयाँ एट्टो सिरिज अवलोकन गर्न सकिनेछ । यससँगै बीवाईडीले नेपाली बजारमा प्रवेश–स्तरको एट्टो १ देखि कम्प्याक्ट एसयूभी एट्टो २ र प्रिमियम एसयूभी एट्टो ३ सम्मको लाइनअपलाई थप फराकिलो बनाएको कम्पनीले जनाएको छ।