काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आउँदो माघ २४ गतेदेखि २८औं संस्करणको क्यान इन्फोटेक २०२३ हुने भएको छ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी गर्ने उद्देश्यले भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा ६ दिने मेला गर्न लागिएको हो । यसका लागि चाँडै नै प्रायोजक एवं स्टल बुकिङ खुलाउने तयारी भइरहेको महासंघले जनाएको छ ।
उनका अनुसार क्यान इन्फोटेकमा सूचना प्रविधिका विभिन्न वस्तु र सेवाको विशेष ब्रान्डिङ हुनेछ ।
FACEBOOK COMMENTS