काठमाण्डौ -कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले दुई दिने अन्तराष्ट्रियस्तरको सुचना तथा सञ्चार प्रविधि सम्मेलन गर्ने भएको छ ।
असार ३ र ४ गते अन्तर्राष्ट्रिय विज्ञ समेतको उपस्थितिमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
‘स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य ’ नारा दिईएको कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सुचना प्रविधिको माध्यमबाट दिगोविकासका लक्ष्यकाबारेमा विस्तृत जानकारी दिने कार्यक्रम छ ।
त्यस्तै चीन, भारत, मलेसिया, सिंगापुर, श्रीलंका, बंगलादेश र दक्षिण कोरिया तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(यूएनडीपी)का विषयगत विशेषज्ञहरुले पनिकार्यपत्र प्रस्तुतगर्ने छन् ।
आईसीटी कन्फ्रेन्समा विशेषज्ञहरुले पूर्वाधार, डिजिटल इकोनोमी, सुरक्षा र सेवातर्फ सूचनाप्रविधिको प्रयोगको स्थिति, उपलब्धि र भावी योजनाका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुतगर्ने कार्यक्रम छ ।
साथै सूचनाप्रविधिका विज्ञ, नेपाल सरकारकाप्रतिनिधि, राजनैतिक नेतृत्व, स्थानियनिकायका प्रतिनिधि तथा सम्बन्धित अन्य विज्ञहरुको सहभागितामा समूहगत छलफल हुनेछ । समूहगत छलफलमा स्थानीय सरकारकाप्रतिनिधिहरुको उपस्थितिमा स्मार्टपालिका (स्मार्ट स्थानीयतह)निर्माणसम्बन्धी अवधारणापत्र तयार गरी नेपाल सरकार, सञ्चार तथा सूचनाप्रविधिमन्त्रालय र अन्य सम्वन्धितनिकायहरुलाई हस्तान्तरण गरिने जनाईएको छ ।
ललितपुरको होटल हिमालयमा आयोजनाहुने सम्मेलनमा सञ्चार तथा सूचनाप्रविधिमन्त्रालय, सहरी विकास मन्त्रालय, सूचनाप्रविधिविभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विज्ञान तथाप्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), यूएनडीपी, नेपालपर्यटन बोडर्, सूचनाप्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको सहयोग रहने क्यान महासंघका महासचिव रञ्जितपोदारले बताएका छन् ।
FACEBOOK COMMENTS