काठमाडौं । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट नियमित काममा फर्केका छन् ।
गत चैत्र १६ गते नेपाल प्रहरीको सिआईबीले पक्राउ गरी अनुसन्धानको क्रममा कैफियत फेला नपरेपछि उनलाई सफाई दिएसँगै आजबाट पूर्ववत रुपमा नियमित काममा फर्केको कम्पनीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आईपीओ सेयर अन्तर्गतको कर्मचारीको भागमा पर्ने सेयर बाँडफाँडमा गडबढी गरेको उजुरीमाथि छानविन गरेको थियो । तर, सिआईबीले कुनै गडबढी फेला पार्न नसकेपछि उनले सफाई पाएका थिए ।
