काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा नेपालमा सीएफमोटो मोटरसाइकल तथा जिहो विद्युतीय स्कुटरको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टर प्रालिले ‘नाइमा विशेष अफर’ सार्वजनिक गरेको छ।
अफरअन्तर्गत सीएफमोटो तथा जिहोका सबै मोडल खरिदमा २० हजार रुपैयाँसम्म नगद छुट कुपन उपलब्ध गराइने कम्पनीले जनाएको छ। ग्राहकले आफूले प्रयोग गर्न नचाहेमा उक्त कुपन परिवारका सदस्य, साथीभाइ वा अन्य व्यक्तिलाई समेत दिन सक्नेछन्।
कम्पनीका अनुसार कुपन आफूले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्न सकिने भएकाले यो योजना परम्परागत छुट योजनाभन्दा फरक रहेको छ। यसले ‘तपाईंको अफर, तपाईंले चाहेको व्यक्तिका लागि’ भन्ने अवधारणालाई अघि सारेको कम्पनीले जनाएको छ।

सीएफमोटो २५० डुअल ईएफआई खरिद गर्ने ग्राहकका लागि विशेष सामग्रीको प्याकेज उपलब्ध गराइने भएको छ। साथै, यस मोडलमा पाँच वर्ष वा ६० हजार किलोमिटर, जुन पहिले आउँछ, सो अवधिसम्मको इन्जिन वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, ग्राहकको दीर्घकालीन स्वामित्व अनुभवलाई सहज बनाउन अफरअन्तर्गत चार वटा अतिरिक्त सर्भिस कुपन पनि उपलब्ध गराइनेछ। त्यस्तै, सीएफमोटो तथा जिहोका प्रत्येक मोडल खरिदमा निःशुल्क फुल–फेस हेल्मेट प्रदान गरिनेछ। सुरक्षित तथा जिम्मेवार सवारी सञ्चालनलाई प्राथमिकता दिँदै हेल्मेट उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ।
ग्राहकलाई खरिद प्रक्रिया सहज बनाउन सहज मासिक किस्ताबन्दी सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। पुरानो मोटरसाइकल अपग्रेड गर्न चाहने ग्राहकका लागि पुरानो मोटरसाइकल साटफेर गर्ने सुविधा पनि उपलब्ध हुनेछ।
ऋषि ट्रेड सेन्टरका अनुसार ‘नाइमा विशेष अफर’ नगद छुटमा मात्र सीमित नभई खरिद, सुरक्षा, सर्भिस तथा दीर्घकालीन स्वामित्व अनुभवलाई समेटिएको समग्र ग्राहक लाभ योजना हो।