काठमाडाैं । सीजी हिरो एक्कासि मालामाल दसैं-तिहार अफरअन्तर्गत रामकिशुन यादवले पाँच लाख रूपैयाँ क्यासब्याक जितेका छन् ।
लहानस्थित सिटी ट्रेड कन्सर्न शोरूमबाट उनले हिरोको स्प्लेण्डर प्लस मोडल किनेका थिए ।
सीजीले दसैं-तिहारलाई लक्षित गरी ‘एक्कासि मालामाल : दसैं-तिहार, २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ अफर ल्याएको छ । उक्त अफरअन्तर्गत हिरो ब्रान्डका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा स्क्र्याच कार्डद्वारा नगद ५ लाख रूपैयाँसम्म जित्ने मौका छ । साथै बम्पर उपहारमा नेटा भी ईभी कार पनि जित्ने अवसर प्रदान गरिएको छ ।
नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्डमध्येको एक हिरोले नयाँ बेन्चमार्कहरूसमेत कायम गर्दै आएको छ ।
सीजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ६० भन्दा बढी हिरो शोरूमको नेटवर्क सञ्चालन गरिरहेको छ । साथै, निकट भविष्यमा थप शोरूम खोल्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ ।
त्यस्तै, मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीको घोषणाले ग्राहकको थप विश्वास जितेको छ । लोकप्रिय उत्पादन सुपर स्प्लेण्डर, स्पलेण्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बीएस सिक्स एसआई सीजी मोटर्सले नेपालमा भित्र्याएको छ । साथै, सो उत्पादनमा युनिक फिचरसमेत रहेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS