काठमाडौं । ग्राहकहरूमाझ लोकप्रिय इलेक्ट्रिक कमर्सियल भेहिकल, किङ्गलोङ्ग १४, १६ र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलको अधिकारिक बिक्रेता सीजी मोटर्सले काठमाडौंको पानीपोखरीमा किङ्गलोङ्गको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरूको सहजताका लागि आज मंगलबार एक कार्यक्रम आयोजना गरी किङ्गलोङ्गका चेयरम्यान ल्यीउ झिजुनले नयाँ शोरुमको औपचारिक उद्घाटन गरे ।
नयाँ शोरुमबाट किङ्गलोङ्ग १४ सिटर माइक्रो भ्यान, १५ सिटर मिनीभ्यान, १६ सिटर मिनीभ्यान र १९ सिटर मिनीभ्यान गरी चारवटा भेरियन्टमा उपलब्ध छ । सबै भेरियन्टहरूमा उत्कृष्ट सीएटीएल ब्याट्री टेक्नोलोजीको प्रयोग भएको कम्पनीले जनाएको छ । यसले एक फुल चार्जमा ३०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ । किङ्गलोङ्ग इलेक्ट्रिक कमर्सियल भेहिकलहरू मा प्रयोग भएको मोटरले उत्कृष्ट ३१० एनएम को टर्क जेनेरेट गर्ने बताइएको छ ।
किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा एबीएस, ईबीडी, १८० एमएम, ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसी जस्ता विशेषताहरू पाउन सकिन्छ भने उक्त गाडीलाई २०% बाट ८०% चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ । यस्तै अरु भेरियन्टमा पनि उत्कृष्ट फिचरहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ । साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ । नेपालभर १२० भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुनेछ ।
FACEBOOK COMMENTS