काठमाडौं । नाडा अटो शो(२०८१ को पहिलो दिन भव्य रूपमा सफल भएको छ । सीजी मोटर्सको सहभागिता रहेको नाडा अटो शोमा विभिन्न ब्राण्ड गरी ८ वटा स्टल प्रदर्शनमा राखिएको छ । उक्त शोको पहिलो दिनमा नै सीजी मोटर्सले २७ वटा बुकिङ प्राप्त गर्न सफल भएको छ ।
सीजी मोटर्सले नेपाली बजारमा नाडा अटो शोमार्फत नै सार्वजनीक गरेको अवतार११ को ३ वटा बुकिङ पहिलो दिनमा नै भएको छ र आगामी दिनहरूमा पनि राम्रो बुकिङ आउने कम्पनीको अनुमान छ ।
त्यसैगरी नाडामार्फत नै सार्वजनिक गरिएको रिद्दारा आरडी६ को ५ वटा र एक्सपेङको ६ वटा बुकिङ प्राप्त भएको छ ।
नेपाली बजारमा लोकप्रिय रहेको नेटा भी को पनि ६ वटा बुकिङ प्राप्त भएको छ भने नाडामा नै सार्वजनिक गरिएको नेटा एक्स मोडलको पहिलो दिनमा ७ वटा बुकिङ प्राप्त गर्न कम्पनी सफल भएको छ ।
यसरी पहिलो दिनमा २७ वटा बुकिङ प्राप्त गर्न सफल रहेको सीजी मोटर्सले नाडा अटो शोको अन्त्यसम्ममा आफ्ना विभिन्न ८ वटा ब्राण्डहरूमार्फत २०० वटाभन्दा धेरै बुकिङ हासिल गर्ने अनुमान छ ।
अवतार विश्वप्रसिद्ध सवारीसाधन उत्पादक कम्पनी चंगन टेक्नोलोजीमा अग्रणी कम्पनी हुवावे र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी सीएटीएलको साझेदारीमा उत्पादन भएको ब्राण्ड हो । अवतार११ प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरियस र फ्युचुरिस्टिक एसयूभी हो भने उक्त गाडीले एक फुल चार्जमा ६८० किलोमिटरसम कुद्न सक्ने क्षमता राख्दछ ।
अवतार११ मा १९० किलोवाटको मोटर जडित छ भने यो ९० किलोवाट घण्टा र ११६ किलोवाट घण्टाको ब्याट्री गरी नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ । इच्छुक ग्राहकहरूले नाडा अटो शोको स्टल नम्बर एच१३ मार्फत थप जानकारी पाउन सक्नेछन् ।
नाडा अटो शोको स्टल नम्बर जी१२ मा रहेको एक्सपेङको जी६ मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ । १९० किलोवाटको मोटर र ६६ किलोवाटको ब्याट्री रहेको एक्सपेङ जी६ ले २१५ किलोवाटसम्मको डीसी फास्ट चार्ज सपोर्ट गर्छ भने १०% बाट ८०% सम्म चार्ज गर्न मात्रै २० मिनेट लाग्नेछ ।
त्यसैगरी नाडा अटो शोको स्टल नम्बर ए९ मा रहेको रिद्दाराले नेपाली बजारमा रिद्दारा आरडी६ सार्वजनिक गरेको हो । ६३ किलोवाट घण्टाको ब्याट्री र २०० किलोवाटको पिक मोटर पावर रहेको रिद्दारा आरडी६ ले ३७७ किलोमिटरको रेञ्ज प्रदान गर्नेछ ।
नेटाले नयाँ मोडल, नेटा एक्स स्टल नम्बर ए३ मा राखेको छ र ग्राहकहरूले उक्त स्टलबाट नेटा एक्सको अनुभव लिन सक्नेछन् । कम्पनीले दाबी गरेको ५०० किलोमिटरको रेञ्जसहित नेटा एक्समा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी पाउन सकिने छ । सीएटीएलको ब्याट्री जडित नेटा एक्सलाई फुल चार्ज गर्न ९ घण्टा लाग्दछ भने फास्ट चार्जमार्फत उक्त गाडीलाई ३० मिनेटमै चार्ज गर्न सकिनेछ।
FACEBOOK COMMENTS