काठमाडौँ । चलचित्र ‘चिराग’ आगामी मंसिर ५ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
त्यागमूर्तिको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘चिराग’ को फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।
पोस्टरबाट फिल्मको कथा पहिचान र अस्तित्वको संघर्ष बारे हुन सक्ने अनुमान गर्न सकिन्छ । फिल्ममा सुशील पोखरेल, प्रज्ञा जोशी, सुभास गजुरेल, शेर बहादुर डिसी, सापटी काका (मेरी बास्सै), मिनाक्षी
खनाल, संकला गौतम, माधव खनाल, एमके आचार्य, सागर खरेल (बाल कलाकार) लगायतको अभिनय रहेको छ ।
फिल्मका निर्माताहरु निर्देशक त्यागमूर्तिसहित संकला गौतम र नरेश प्रसाद भट्ट रहेका छन् । डेढ करोडको लागतमा निर्माण भएको यो फिल्ममा निर्देशक त्यागमूर्ति स्वयंको संगीत तथा कोरियोग्राफी रहेको छ भने छायांकन महफूज अंसारी र राहुल राईले गरेका छन् ।
FACEBOOK COMMENTS