काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी दिनमा पनि आफू व्यावसायिक क्षेत्रमा नै सक्रिय रहने बताएका छन् ।
कर्पोरेट खबरसँगको कुराकानीमा उनले व्यवसाय र निजी क्षेत्रको विकासमै आफ्नो ध्यान केन्द्रित रहने बताएका हुन् ।
महासंघमा उपाध्यक्षदेखि अध्यक्षसम्मको यात्रा पूरा गरेका ढकाललाई ‘अब राजनीतिमा जाने तयारी हो ?’ भन्ने प्रश्न गरिएको थियो । त्यसको जवाफमा उनले प्रत्यक्ष रुपमा राजनीति प्रवेशबारे केही नबताए पनि, आफू निरन्तर व्यावसायिक गतिविधिमै सक्रिय रहने स्पष्ट पारेका छन् ।
तपाईँले अब राजनीति सुरू गर्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा चन्द्र ढकालले मुस्कुराउँदै के जवाफ दिए ? भिडिओमा हेर्नुहोस्–
वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्दै महासंघ, कुन् पदमा को छन् उम्मेदवार ?
