काठमाडौं । नेपाली फेशन उद्योगमा सनसनी मच्चाएको ब्राण्ड ‘चूज मी’ले आफ्नो दोस्रो आउटलेट सुन्धारास्थित काठमाडौं मल उद्घाटन गरेको छ । पहिलो आउटलेट पाटनमा खोलेर जबरजस्त सफलता हात पारेपछि रिना जोशी (चूज मी दिदी) ले राजधानीको मुटुमा अर्को शाखा थपेकी हुन् ।
काठमाडौं मल्लको इन्ट्रान्स लेभल, शप नम्बर १०९ मा खुलेको नयाँ आउटलेटको उद्घाटन समारोहमा फेशनप्रेमीहरूको ठूलो घुइँचो लाग्यो । ग्राहक, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा उपस्थितहरूले ‘चूज मी’ का हट फेशन कलेक्शन हेर्दै धमाधम किनमेल गरे ।
आउटलेटको उद्घाटन गर्दै रिना जोशीले भनिन्, ‘फेशन भनेको केवल कपडा होइन, आत्मविश्वास हो । मैले ‘चूज मी’ सुरु गर्दा ग्राहकहरूको साथ नै मेरो सबैभन्दा ठूलो शक्ति बन्यो । तपाईंहरूको साथ, समर्थन र माया सधैं रहोस् भन्ने मेरो चाहना छ ।’
शिक्षिकाबाट सफल उद्यमी बनेकी रिना जोशी सामाजिक सञ्जालमा भाइरल छिन् । ‘चूज मी दिदी’ को नामले चर्चित उनी टिकटक र फेसबुकमा आफ्नो मिठासपूर्ण शैलीले सबैको मन जित्न सफल भएकी छन् ।
केही वर्षअघिसम्म सानो सपना देखेर व्यवसाय थालेकी रिना जोशीको ब्राण्ड आज नेपाली फेसन बजारमा एक ट्रेन्ड बन्दै गएको छ । कटनका कुर्ता, सुरुवाल र सारी प्रमुख आकर्षण रहेको ‘चूज मी’ ले नयाँ आउटलेट ओपनिङको अवसरमा १०% छुटसमेत उपलब्ध गराएको छ ।
‘तपाईंले मन पराउने स्टाइल अब तपाईंको नजिक’ नारासहित सञ्चालनमा आएको नयाँ आउटलेट फेशनप्रेमीहरूको ‘मस्ट भिजिट’ गन्तव्य बन्ने विश्वास गरिएको छ । उद्घाटन अवसरमा विशेष अफरहरूसमेत दिइएको छ, जसले ग्राहकहरूको जोश झन् बढाएको छ ।
सपना देख्नेदेखि पूरा गर्नेसम्मको यो यात्रामा रिना जोशीलाई साथ दिइरहेका सबै ग्राहक, शुभचिन्तक र फेशनप्रेमीहरूलाई उनले भावुक हुँदै भनिन्, ‘साथमा हुनुहुन्थ्यो, साथमा हुनुहुन्छ, सधैं साथमा रहनुहोला !’
FACEBOOK COMMENTS