काठमाडौं । जलविद्युत कम्पनीको आईपीओ निष्कासन रोकेर धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठका बिचौलीयाले कमिशन मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
बोर्डले ४३ वटा जलविद्युत कम्पनीको आईपीओ अनुमति रोकेर ठूला आयोजनामा ७ र साना आयोजनामा ५ प्रतिशत कमिशन मागेपछि आजै आयोेगले बोर्डमा छापा मारेको हो ।
बोर्डमा पुगेको आयोगको टोलीले जलविद्युत कम्पनीसहित ८९ कम्पनीको फाइल नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
बोर्डका अध्यक्षका प्रतिनिधिले जलविद्युत प्रबर्धक कम्पनीमा नै पुगेर आईपीओ निष्कासन गर्न सहजिकरण गर्न भन्दै कमिशन मागेका थिए । साथै केहीले आयोगमा उजुरी समेत गरेका थिए ।
उजुरी नै परेपछि बोर्डमा अनुगमन गरेको आयोग निकट स्रोतको दाबी छ ।
FACEBOOK COMMENTS