काठमाडौं। भारतविरुद्धको चौथो टेस्टमा इङल्याण्डले शानदार ब्याटिंग गरेको छ । तेस्रो दिनको खेल सकिदा इङल्याण्डले पहिलो इनिंगमा ७ विकेट गुमाउदै ५४४ रन बनाएपछि १८६ रनको अग्रता बनाउदै आफुलाई बलियो रुपमा प्रस्तुत गरेको छ ।
इङल्याण्डका लागि जो रुटले कीर्तिमानी ब्याटिंग गर्दै १५० रन बनाए । आफ्नो टेस्ट क्यारियरको ३८ औं टेस्ट शतक बनाएका रुटले टेस्ट क्रिकेटमा धेरै रन बनाउने सुचीमा आफुलाई दोस्रो स्थानमा पुर्याएका छन् । उनी अब सचिन तेन्दुलकरपछि दोस्रो धेरै टेस्ट रन बनाउने खेलाडी बनेका छन् ।
त्यस्तै इङल्याण्डका बेन डकेटले ९४ रन बनाए भने ज्याक क्रवलीले ८४ रन बनाए । त्यस्तै ओली पोपले ७१ रन बनाए । हाल कप्तान बेन स्टोक्स ७७ रन बनाएर अविजित छन् भने उनलाई लियाम डवसनले २१ रन बनाएर साथ दिइरहेका छन् ।
त्यस्तै भारतकाबलर रविन्द्र जडेजा र वाशिंटन सुन्दरले २(२ विकेट लिए भने जसप्रित बुमराह, मोहमद सिराज र अन्शुल काम्बोजले एक एक विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले पहिलो इनिंगमा ३५८ रन बनाएको थियो । ५ खेलको यस सिरिजमा हाल इङल्याण्ड २(१ ले अगाडी रहेको छ ।
FACEBOOK COMMENTS