काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल बीच नेपालमा व्यवस्थापन संकाय अन्तर्गत एम।बि।ए। मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले म्यान–सिटिजेन्स एस्पायरिङ म्यानेजर अवार्डको स्थापना गर्ने सहमति भएको छ ।
आज एनको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र एनका अध्यक्ष मोहनराज ओझाले हस्ताक्षर गरेका हुन् ।
यो पुरस्कार पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एम।बि।ए। मा उत्कृष्टता प्रदर्शन गरेका प्रतिभाशाली विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिने छ । पुरस्कारको रकम ५१,००० ९एकाउन्न हजार रुपैयाँ० हुनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस पुरस्कारको प्रायोजक हुनेछ र वार्षिक रूपमा पुरस्कारको लागि आवश्यक रकम उपलब्ध गराउने छ ।
सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालका पदाधिकारीको समिति गठन गरि उत्कृष्ट विद्यार्थीको चयन गरिनेछ र पुरस्कार हरेक वर्ष माघ महिनामा म्यान को म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिने छ । बैंकको यो कार्यले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा योगदान पुर्याउने विश्वास बैंकले लिएको छ ।
FACEBOOK COMMENTS