काठमाडौं । सिटिजन्स बैंक यन्टरनेशनलका ग्राहकहरूले न्यूरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलका सेवाहरूमा १०% छुट पाउने भएका छन् ।
उक्त छुट सुविधाका लागि बैंकले सो हस्पिटलसँग व्यावसायिक सम्झौता गरेको छ ।
सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले उक्त हस्पिटलका सेवाहरूमा १०% सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनाका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाइहरूबाट १७ लाख ४० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने योजना बनाएको छ ।
FACEBOOK COMMENTS