काठमाडौं । भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको नाडा अटो शोको को–स्पोन्सरमा शिखर इन्स्योरेन्स रहेको छ ।
उक्त शोको इन्स्योरेन्स पार्टनर तथा को–स्पोन्सरमा शिखर इन्स्योरेन्स रहेने आयोजकले आज पत्रकार सम्मेलन मार्फत नाडाले जनाएको छ ।
नाडा अटो शोको को २ लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको उक्त शोमा ५३ भन्दा बढी सवारी साधनका ब्राण्डहरु सहभागी हुनेछन् । जहाँ २०० वटा स्टल रहने छ ।
आयोजकका अनुसार प्रदर्शनीमा २४ ब्रान्डका पेसेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ ब्रान्डका दुईपाङ्ग्रे सवारी, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक सहभागी हुनेछन्।
‘नाडा अटो शो २०२६’ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने