काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अध्यावधिक गर्न नहुने बताएका छन् ।
वाग्मती प्रदेशस्तरीय छलफल आयोजना गरेका उनले क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अध्यावधिक गर्न नहुने बताएका हुन् । छलफलमा सहभागीहरूले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अध्यावधिक गर्न नहुने अडान राखेका छन् ।
सदस्यता अध्यावधिक व्यवहारिक नभएको उनीहरूको तर्क छ । विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको उनीहरूले बताए ।
पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि सभापतिकै रहेकोमा जोड दिएका छन् । छलफलमा नेताहरू डा. शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दीपक गिरी, संजय गौतम, शिब हुमागाईं, राजिव कोइराला, टेकप्रसाद गुरुङ सहभागी थिए ।
उमेशजंग रायमाझी, डा. गोविन्दराज पोख्रेल, किरण यादव, गणेश लामा तथा संघीय सांसदहरू डा. चन्द्रमोहन यादव, उर्मिला थपलिया र गीता देवकोटा, कांग्रेस वमग्मती प्रदेश समिति महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल, सदस्यहरू उपेन्द्र लम्साललगायत छलफलमा सहभागी थिए ।

देश र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै रणनीति तयार गर्ने उद्देश्यले सुझाव लिन छलफल आयोजना गरिएको बताइएको छ ।
