 
			                  			              
काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति आज पनि बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।
भदौ २८ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठकमा सुरुको दिन सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राखेका थिए । सोही क्रममा उनले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसपछि दोस्रो दिनको बैठक असोज ३० गते बसेको थियो । बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम चलिरहेकै बेला कात्तिक १ गते बसेर विहिबारसम्मका लागि स्थगित गरिएको थियो ।
विहिबारदेखि पुनस् शुरु भएको बैठकमा नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा संस्थापन पक्ष र इतर पक्षबीच जुहारी चलेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले मङ्सिर भित्र महाधिवेशन गर्न नसकिने भन्दै आएको छ भने नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत जति सक्यो छिटो महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका छन् ।
यसैबीच कांग्रेसका ५३ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विशेष महाधिवेशनको समेत माग केन्द्रीय कार्यालयमा दर्ता गराएको विषय पनि यस केन्द्रीय समितिको मुख्य विषय बनेको छ ।


 
              
              
              
              		              
FACEBOOK COMMENTS