काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ मा गरिएको हेरफेरबारे छानबिन गर्न बन्ने संसदीय समितिका सदस्यको नाम टुङ्गिएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा छानबिन समितिमा बस्ने सात जनाको नाम टुङ्गिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रोशन कार्की रहने भएका छन् ।
समितिलाई छानबिन गरी प्रतिवेदन पेस गर्न २१ दिनको समय दिइएको छ ।
FACEBOOK COMMENTS