काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर ८ हजार ५८७ जनामा आरटी–पीसीआर गर्दा १ हजार १८४ जना र ४ हजार १०५ जनाको एन्टिजेन परीक्षण गर्दा ७७३ जना गरी आज १,९५७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ६८ हजार ६११ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८३८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १०३ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख २० हजार ५९२ जना पुगेको छ । यो कुल संक्रमितको ९५.० प्रतिशत हो ।
अघिल्लो दिन देशभर १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १३ जनाको मृत्यु तथा ६ हजार १४६ जना संक्रमणमुक्त भएका थिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५२ लाख ९१ हजार ९५९ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३६ हजार १८१ जना आइसोलेसन र १४० जना क्वारेन्टिनमा छन् ।
FACEBOOK COMMENTS