काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट १० हजार २९६ जनाको मृत्यु भएको छ ।
यो सँगै हालसम्म विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ लाख ६६ हजार ८२८ पुगेको छ । त्यस्तै, बितेको २४ घण्टामा विश्वभर २० लाख २६ हजार ९९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ४१ करोड ७८ लाख ३५ हजार ७३५ जना पुगेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ३४ करोड ११ लाख ४० हजार ४४९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
FACEBOOK COMMENTS