![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ ।
आज मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
आज दिउँसो ३ बजे बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने चेतावनी दिँदै आएको थियो ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन गरेको आग्रहपछि कांग्रेस तयार भएको हो । तर, नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछिको संसदीय कारबाही भने अघि बढ्न नदिने कांग्रेसको अडान छ ।
मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित, दिउँसो ३ बजे संसदको संयुक्त बैठकमा पेश हुँदै
FACEBOOK COMMENTS