काठमाडौँ। नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो। सबै स्थानको मतपेटिका सोमबार काठमाडौँ केन्द्रमा आएपश्चात मतगणना सुरु भएको प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकले जानकारी दिएका छन् ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पाठकका अनुसार, अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेकार तीमध्ये सातहजार ४२९ मत खसेको थियो ।
FACEBOOK COMMENTS