काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कुल ९ हजार ८१५ जनाको नमूना परीक्षणबाट उक्त संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
बितेको २४ घण्टामा देशभर ६ हजार ५७२ जनामा आरटी–पीसीआर गर्दा २२९ जना र ३ हजार २४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३८ जना संक्रमित निको भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४४ जना छ ।
FACEBOOK COMMENTS