काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कुल ७ हजार ९६ जनाको नमूना परीक्षणबाट उक्त संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
बितेको २४ घण्टामा देशभर ३ हजार ५३८ जनामा आरटी–पीसीआर गर्दा १९८ जना र ३ हजार ५५८ जनाको एन्टिजेन परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ७५ हजार ३३० जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९१७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २७२ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५० हजार ५६ जना पुगेको छ । यो कुल संक्रमितको ९७.४ प्रतिशत हो ।
अघिल्लो दिन देशभर ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने २ जनाको मृत्यु तथा २ हजार ४५४ जना संक्रमणमुक्त भएका थिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५३ लाख ७३ हजार २०२ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले १३ हजार ३५७ जना आइसोलेसन र १०६ जना क्वारेन्टिनमा छन् ।
हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये १२ हजार ८२८ जना होम आइसोलेशन र ५२९ जना संस्थागत आइसोलेशनमा छन् । त्यस्तै १४२ जना संक्रमितको आईसीयु र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
आज काठमाडौं उपत्यकामा ६२ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ५१ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ७ जना संक्रमित थपिएका छन् ।
FACEBOOK COMMENTS