काठमाडौं । कोकाकोला नेपालले नेपाली बजारमा ‘सुगर–फ्री कोक भित्र्याएको छ ।
अझ स्वादिष्ट र स्फुर्तीदायक स्वादमा नयाँँ कोका–कोला जेरो सुगर नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ । आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको यो नयाँँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
‘अब नेपाली उपभोक्ताहरूले नो क्यालोरी र जेरो सुगर कोका–कोलाको स्वाद लिन सक्नेछन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । व्यापक बजार परीक्षण र इन–हाउस इनोभेसनमार्फत बजारमा ल्याइएको कोका–कोला जेरो सुगर अझै शानदार प्याकेजिङ्ग र उत्कृष्ट स्वादको साथमा आएको कम्पनीको दाबी छ ।
‘नो सुगर पेय पदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहने मानिसहरूका लागि यो कोका–कोला जेरो सुगर अत्यन्तै उपयुक्त रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सन् २००५ मा विश्वव्यापी रूपमा लञ्च गरिएको यो कोका–कोला जेरो सुगरलाई कोका–कोला क्लासिकको जस्तै स्वाद दिनको लागि सन् २०१७ मा रिफर्मुलेट गरिएको थियो । नेपालमा यो २०१६ नोभेम्बरमा पहिलोपल्ट लन्च भएको थियो ।’
नयाँ प्रडक्टकाबारे जानकारी दिँदै कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी सदैव उपभोक्ताहरूको चाहना र आवश्यकता अनुसारको उत्पादनहरू नै बजारमा ल्याउने प्रयास गर्छौँ । यो नयाँँ स्वाद र नयाँँ प्याकेजिङ सहितको कोका–कोला जेरो सुगरलाई विश्वभरीकै उपभोक्ताहरूले मन पराउनुभएको छ र यसलाई नेपालमा पनि उपलब्ध गराउन पाउँदा हामीलाई खुशी लागेको छ । नेपाली उपभोक्ताहरूले पनि यो नयाँँ कोका–कोला जेरो सुगरलाई मन पराइदिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’
त्यसैगरी बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले कोका–कोला जेरो सुगरलाई नेपाली उपभोक्ताहरूसामु ल्याउन पाउँदा आफूहरू अत्यन्तै खुशी भएको बताएका छन् । ‘आफ्नो व्यस्त जीवनशैलीलाई सुहाउने र स्वादमा सम्झौता गर्नु नपरी चिसो पेय पदार्थको आनन्द अनुभव गर्न चाहने समस्त युवा तथा अन्य उपभोक्ताहरूको लागि यो कोका–कोला जेरो सुगर अत्यन्तै उपयुक्त छ,’ उनले भने, ‘संसारभरी नै अत्यन्त रुचाइएको यो कोका–कोला जेरो सुगरलाई नेपाली उपभोक्ताहरू सामु ल्याउन पाउँदा हामी उत्साहित छौँ ।’
नयाँँ कोका–कोला जेरो सुगर ५०० एमएल र २५० एमएलमा नेपालभर उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS