विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।
कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार आदेश उल्लंघन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने व्यवस्था रहेको छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।
कर्फ्यु लागू गरिएका क्षेत्रहरू
हरिनगरा बजार क्षेत्र
पूर्व : नुनिया टोल
पश्चिम : पश्चिम खुनिया धार
उत्तर : हरिनगर गाउँपालिका कार्यालय
दक्षिण : बसन्तपुर मोड
भुटाहा बजार क्षेत्र
पूर्व : मोरिया धार खोला
पश्चिम : इदगाह फिल्ड
उत्तर : सुनसरी खोला
दक्षिण : हरिनगर गाउँपालिका कार्यालय
कसनागञ्ज बजार क्षेत्र
पूर्व : यादव टोल
पश्चिम : पाँचौँ सिमल माध्यमिक विद्यालय
उत्तर : कृष्ण माध्यमिक विद्यालय
दक्षिण : नेपाल–भारत सीमा क्षेत्र
घुस्की बजार क्षेत्र
पूर्व : कासमिया मदरसा
पश्चिम : प्रहरी चौकी घुस्की
उत्तर : ईशा हार्डवेयर
दक्षिण : हिलाल पब्लिक विद्यालय
देवानगञ्ज बजार क्षेत्र
पूर्व : विराटनगर जाने बाटोस्थित मुसहर टोल
पश्चिम : मोरिया खोला
उत्तर : चिउरा मिल
दक्षिण : गाउँपालिका कार्यालय