काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसर पारेर नेपालका लागि दीपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ % निश्चित ब्याजदर मै दीपलका ईभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । ‘न्यू इयर, न्यू दीपल’ योजनामार्फत अब ईभीप्रेमीले हाल नेपालकै सबैभन्दा बढी रूचाइएको फ्युचरिस्टिक ईभी दीपललाई निकै कम ब्याजदरमा सहज रूपमा आफ्नो बनाउन सक्नेछन् ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी) सँग सहकार्यमा बनाइएको यो विशेष योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा एमएडब्लू वृद्धिले गरेको छ । यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदर मात्र होइन निःशुल्क एसेसोरिज, निःशुल्क रोड ट्याक्स, निःशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसहरूमार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्याल्यू पनि पाउनेछन् । सन् २०२४ मा नेपालमा दीपल ईभीले चुमेको सफलतालाई मनाउन ‘न्यू इयर, न्यू दिपल’ योजना अघि सारिएको हो ताकि प्रिमियम ईभीको मालिक बन्ने सपना सहजै पूरा होस् ।
दीपल एस०७ र दीपल एल०७ मा १५ भन्दा बढी फर्स्ट टाइम इन नेपाल फिचरहरू छन् जसले दीपल ईभीलाई बजारकै सबैभन्दा बढी रूचाइएको ईभी बनाइदिएको छ । यसमा सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोलजस्ता हालसम्म कुनै पनि कारमा नभएका फिचरहरू छन् । दीपलको क्रान्तिकारी डिजाइन र अत्याधुनिक प्रविधिका कारण चर्चित दीपल ईभीले छोटो समयमै नेपालमा सात सय युनिटभन्दा बढी बिक्री भइसकेको छ ।
FACEBOOK COMMENTS