हेटौंडा, १९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक अङ्ग कब्जाको नीतिले प्रजातन्त्र कमजोर भएको बताएका छन् ।
नियन्त्रण र खबरदारी गर्नुपर्ने निकायहरूमा कार्यकर्ता भर्ती गर्दा कानुनी राज्यको उपहास र दुरुपयोग भएको थापाको दाबी थियो । हिजो शुक्रबार मकवानपुरको हेटौंडामा पार्टीसम्बद्ध युवा संगठनद्वारा आयोजित अगुवा युवा भेलालाई सम्बोधन गर्दै थापाले राजनीति समाजसेवा भन्दा पनि व्यापार भएकोमा चिन्ता प्रकट गरे ।
‘स्वार्थी एवं भ्रष्ट व्यापारी, ठेकेदार र नेताहरुको माफिया गठबन्धनले नेपालमा प्रजातन्त्रलाई बन्धक बनाएको छ भन्दै थापाले गाउँदेखि केन्द्रसम्मको राजनीति यही माफियाले प्रदुषित गरेको छ । जबसम्म यो माफियातन्त्रलाई पराजित गर्न सकिन्न, तबसम्म प्रजातन्त्र जनताको हितका लागि हुँदैन,’ थापाले भने ।
इमानदार र विकासप्रेमी भन्दा माफिया, व्यापारी, बिचौलिया राजनितिमा हाबी भएको भन्दै थापाले राजनीति भ्रष्टिकरण तर्फ गइरहेकोमा युबा पुस्ताको हस्तक्षेपकारी भूमिका जरुरी भएको बताए । भ्रष्टाचार , अनियमितता र लुट हाबी भएको राष्ट्रिय र प्रजातन्त्र कमजोर भएकोतर्फ नयाँ पुस्ताको चासो हुनुपर्ने भन्दै थापाले मुलुकको समग्र आर्थिक विकास राज्य सन्चालकहरुको देखाउने दाँत मात्र भएको विचार व्यक्त गरे ।
भएका उद्योग धन्दा कौडिको मुल्यमा बेच्ने, युवालाई रगत पसिना बगाउन मरुभुमिमा जान बाध्य बनाउने सत्तारुढ दलहरुले युवालाई निराश बनाएको आरोप लगाए ।
FACEBOOK COMMENTS