काठमाडौं । ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा कपिल ढकाल नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको मंसिर ३ गते बसेको बैठकले ढकाललाई कामु सीइओमा नियुक्त गरेको हो ।
ढकालले आज (सोमबार) देखि जिम्मेवारी सम्हालेका छन् । यसअघि ज्योति विकास बैंकमा श्रीचन्द्र भट्टले प्रमुख कार्यकारीको पद सम्हाल्दै आएका थिए ।
FACEBOOK COMMENTS