काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत विकसित ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे आफ्ना सांसदहरूलाई जानकारी गराउन बोलाएको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा सुरु भएको बैठकमा ‘पल्स आरएसपी’ डिजिटल सिस्टमको प्रयोग, यसको उद्देश्य तथा कार्यप्रणालीबारे सांसदहरूलाई जानकारी गराइँदै छ ।
बैठकमा डिजिटल प्लेटफर्मसम्बन्धी अभिमुखीकरणसँगै साइबर सुरक्षासम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन भइरहेको रास्वपाले जनाएको छ ।
