काठमाडौं । लामो समयदेखि अनुन्धानमा रहेका चार जना व्यापारीविरुद्ध ४२ करोड १४ लाख बढी बिगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।
बैंकिङ कसुर अभियोगमा भट्टसहित व्यापारीहरू शंकरलाल अग्रवाल, सुलभ अग्रवा र साहिल अग्रवालविरुद्ध मुद्दा दायर भएको हो ।
उच्च सरकारी वकिल कार्यालयले बिहीबार शंकर समूहका अध्यक्ष शंकरलाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल तथा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्टविरूद्द ४२ करोड १४ लाख ८८ हजार ८०७ रूपैयाँ बिगो कायम गरी कैद र जरिवाना मागदाबीसहित मुद्दा दायर गरेको हो ।