काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाडौंमा एकैदिन चार वटा शोरुम सञ्चालनमा ल्याएको छ ।
काठमाडौंको बुढानिलकण्ठ र बानियाँटारमा रहेको एलेक्स इम्पेक्स तथा बलम्बुमा रहेको बलम्बु टीभी हाउस र नक्सालमा रहेको बी इन्टरप्राइजेजको उद्घाटन गरिएको कम्पनीले जनाएको छ । छुट्टाछुट्टै कार्यक्रमका बीच डिश मिडिया नेटवर्कका विक्री महाप्रबन्धक रमेश सापकोटाले ती शोरूमहरूको उद्घाटन गरेका हुन् ।
सो कार्यक्रममा डिश मिडिया नेटवर्कका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, रिजनल सेल्स म्यानेजर जस बहादुर गुरुङ, एरिया सेल्स म्यानेजर उज्ज्वल न्यौपाने, सिनियर सेल्स अफिसर राम शिलाकार र मदन सापकोटा, सेल्स अफिसर रविन थापा र सागर जोशी तथा ब्राण्ड अफिसर दिनेश रतन र अनिल ठाकुरको उपस्थिति थियो ।
त्यस्तै सीएम ट्रेङ्गिङको सेल्स म्यानेजर सुनिल बाबा भट्ट, सेल्स अफिसर बिक्रम लामाको उपस्थिति रहेको थियो भने स्टोम नेटवर्कतर्फबाट मङ्गल गुरुङ र रमेश केसीको पनि उपस्थिति थियो ।
एलेक्स इम्पेक्सको सञ्चालन रामकुमार श्रेष्ठ र केशव कोइराला, बलम्वु टीभी हाउसको सञ्चालन प्रभात भट्टराई र बी इन्टरप्राइजेजको संचालन आकाश मानन्धरले गर्नेछन ।
बिगत लामो समयदेखी डिशहोमसँग सहकार्य गर्दै आएका डिशहोम डिलर दाइहरूले अब छुट्टै सोरूममार्फत डिशहोम र डिशहोम फाइबरनेटको नयाँ कनेक्सन, रिचार्ज तथा फण्ड ट्रान्सफर, सेटटप बक्स तथा राउटर एक्सचेन्ज, रिलोकेसनलगायत विक्रीपछिको सम्पूर्ण सेवाहरू नयाँ सोरूममार्फत प्रदान गर्ने जानकारी सोरुम सञ्चालकहरूले दिएका छन् ।
FACEBOOK COMMENTS