काठमाडौं । डिशहोम फाइबर नेट आगामी शनिबार आयोजना गरिन लागेको काठमाडौं युथ कनक्लेभको इन्टरनेट पार्टनर बनेको छ ।
युनिभर्सल कलेज, न्यूसमिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाडौं मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनीयरिङको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो ।
युवाहरुलाई उत्साहित र अभिप्रेरित गर्ने उद्देश्यले काठमाडौं युथ कन्क्लेभ आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । यो कार्यक्रम काठमाडौंको प्रज्ञा भवनमा हुने छ ।
FACEBOOK COMMENTS