काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले कञ्चनपुरको महेन्द्रनगरमा सह–वितरण शोरूम उदघाटन गरी शुभारम्भ गरेको छ ।
डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न जेठ १९ गतेदेखि शुरू गरिएको सो शोरूमको सञ्चालन स्थानीय नवदुर्गा पशुपालन तथा कृषि फार्मले गर्ने बताइएको छ । शोरूम उदघाटन कार्यक्रममा डिशहोमका पूर्वी क्षेत्रीय सेल्स म्यानेजर निर्मल आर्चाय र सेल्स अफिसर कमल रिमाल तथा डिलरका म्यानेजर जगदिश भट्टकोे उपस्थिति थियो ।
विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका नवदुर्गा पशुपालन तथा कृषि फार्मले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरूममार्फत दिने छ ।
३०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको नवदुर्गा पशुपालन तथा कृषि फार्मले अब अझ बढी ग्राहकहरुको माझ पुग्नका लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने नवदुर्गा पशुपालन तथा कृषि फार्मले सञ्चालकले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS