काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले बिराटनगरको तिनपैनी सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।
जेष्ठ १५ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन ग्लोबल पावर पोइन्टले गर्नेछ । शोरूम उद्घाटनमा डिशहोमका तर्फबाट पूर्वी क्षेत्रीय सेल्स म्यानेजर बिपिन्द्र न्यौपाने र सेल्स अफिसर शिब निरौलाको उपस्थिति थियो भने डिलरका तर्फबाट अमिताभ महेश्वरीलगायत बिराटनगर महानगरपालिकाका डिलर दाइहरूको उपस्थिति रहेको थियो ।
विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका ग्लोबल पावर पोइन्टले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरूममार्फत दिने छ ।
दुई हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका ग्लोबल पावर पोइन्टले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने ग्लोबल पावर पोइन्टका सञ्चालक सुबास रिजालले जानकारी दिए ।
FACEBOOK COMMENTS