काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार १२ः५० बजेसम्ममा शेयरबजार ३४ दशमलव ०२ प्रतिशतले घटेको छ ।
साताभर घटिरहेको बजारमा आज बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । आज १२ः४५ बजेसम्म उक्त कम्पनीको शेयर मूल्यमा ९ दशमलव ९८ प्रतिशतले बृद्धि प्रतिकित्ता १५ रुपैयाँले बढेको छ । जस अनुसार आज यो कम्पनीको शेयर मूल्य प्रतिकित्ता १६८ रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ ।
त्यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको शेयर आज ६ दशमलव ५० प्रतिशतले बृद्धि भइ प्रतिकित्ता १ हजार ७०१ रुपैयाँ ३० पैसामा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS