काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से कारोबारमा दोहोरो अङ्कको गिरावट आएको छ ।
आज १४.६४ अङ्कले घटेर नेप्से परिसूचक २ हजार ४८ दशमलव १६ विन्दुमा झरेको छ । आज कारोबारमा आएका २२९ ओटा धितोपत्रको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर १८ हजार ६१७ पटक खरीदविक्री हुँदा ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन १ अर्ब ४७ करोड ६९ लाख ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । उक्त दिन नेप्से पसिूचक १७.५८ अङ्कले घटेर २ हजार ६२ दशमलव ८६ विन्दुमा रोकिएको थियो ।
आज नेप्सेसहित सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट चार वटै मुख्य सूचकहरू र सबै उपसूचकहरू ऋणात्मक बनेका छन् ।
बजार घट्दा पनि उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
FACEBOOK COMMENTS