काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रो पावर कम्पनीको शेयर मूल्य आज बिहीबार १० प्रतिशतले बृद्धि भएको छ ।
पछिल्लो केही दिनयता हरेक कारोबार दिन १० प्रतिशतले बृद्धि भइरहेको उपकार लघुवित्तको शेयर आज बिहीबार प्रतिकित्ता दुई हजार ५७२ रुपैयाँ ४० पैसा पुगेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज उपकार लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भइ प्रतिकित्ता २ हजार ५७२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै बलेफी हाइड्रोपारको शेयर मूल्यमा ९ दशमलव ९९ प्रतिशतले बृद्धि भइ आज प्रतिकित्ता २४६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । उपकार लघुवित्तको शेयर प्रतिकित्ता २३३ रुपैयाँ ८० पैसा र बलेफीको शेयर आज प्रतिकित्ता २२ रुपैयाँ ४० पैसाले बढेको हो ।
यो पनि पढ्नुहोस्–
अघिल्लो दिन चामत्कारिक रूपमा बढेको नेप्सेमा आज फेरि दोहोरो अङ्कको गिरावट
FACEBOOK COMMENTS