काठमाडौं । साताको चौथो कारोबार दिन आज बिहीबार नेप्से कारोबारमा दोहोरो अङ्कको गिरावट आएको छ ।
आज १७.५८ अङ्कले घटेर नेप्से परिसूचक २ हजार ६२ दशमलव ८६ विन्दुमा झरेको छ । आज कारोबारमा आएका २२९ ओटा धितोपत्रको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर ३० हजार ७६२ पटक खरीदविक्री हुँदा १ अर्ब ४७ करोड ६९ लाख ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन १ अर्ब ६४ करोड ३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । उक्त दिन नेप्से पसिूचक ६०.२२ अङ्कले बढेर २ हजार ८० दशमलव ४४ विन्दुमा रोकिएको थियो ।
आज नेप्सेसहित सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट चार वटै मुख्य सूचकहरू र सबै उपसूचकहरू ऋणात्मक बनेका छन् ।
बजार घट्दा पनि उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आज उपकार लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भइ प्रतिकित्ता २ हजार ५७२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै बलेफी हाइड्रोपारको शेयर मूल्यमा ९ दशमलव ९९ प्रतिशतले बृद्धि भइ प्रतिकित्ता २४६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । उपकार लघुवित्तको शेयर प्रतिकित्ता २३३ रुपैयाँ ८० पैसा र बलेफीको शेयर आज प्रतिकित्ता २२ रुपैयाँ ४० पैसाले बढेको हो ।
FACEBOOK COMMENTS