काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंगलबार पनि शेयरबजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।
आज ३६.०७ अङ्कले घटेर नेप्से परिसूचक १ हजार ९९६ दशमलव २६ विन्दुमा झरेको छ । आज कारोबारमा आएका २३२ ओटा धितोपत्रको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर ३१ हजार ८०६ पटक खरीदविक्री हुँदा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँ ४४ पैसा बराबरको शेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । उक्त दिन नेप्से पसिूचक १५.८२ अङ्कले घटेर २ हजार ३२ दशमलव ३४ विन्दुमा रोकिएको थियो ।
आज नेप्सेसहित सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट चार वटै मुख्य सूचकहरू र सबै उपसूचकहरू ऋणात्मक बनेका छन् ।
आज सबैभन्दा धेरै अन्य र सबैभन्दा कम बैंकिङ उपसमूहले गुमाएका छन् । अन्य ३.४४ प्रतिशत र बैंकिङ ०.८९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबैभन्दा धेरै आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.१८ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS