काठमाडौं । साताको चौथो तथा असार महिनाको पहिलो कारोबार दिन आज बिहीबार शेयरबजार दोहोरो अङ्कले बढेको छ ।
आज १२.५७ अङ्कले बढेर नेप्से परिसूचक १ हजार ९७८ दशमलव ९४ विन्दुमा रोकिएको छ । आज कारोबारमा आएका २२१ ओटा धितोपत्रको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर २५ हजार ५८५ पटक खरीदविक्री हुँदा १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१८ रुपैयाँ ६५ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्सेसहित सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट चार वटै मुख्य सूचकहरू बढेका छन् । त्यस्तै लगानी र जीवन बीमा समूहबाहेक अन्य सबै उपसूचकहरू पनि धनात्मक बनेका छन् । आज लगानी उपसमूह ०.१० र जीवन बीमा उपसमूह ०.०४ प्रतिशतले घटेको छ भने अरु उपसमूहहरूमा ०.३७ देखि २.८१ प्रतिशतसम्म बढेका छन् ।
आज आधीखोला लघुवित्त, रिभर्स फल्स पावर र सामुदायिक लघुवित्तको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन आधीखोला लघुवित्तको शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ५४२ रुपैयाँ ५० पैसा, रिभर्स फल्स पावरको शेयर ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २९० रुपैयाँ २० पैसा र सामुदायिक लघुवित्तको ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ४९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
FACEBOOK COMMENTS