काठमाडौं । विद्युत नियमन आयोगका नवनियुक्त सदस्य गौतम डंगोलले सपथ ग्रहण गरेका छन् ।
डंगोललाई आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले हिजो बुधबार कार्यालयमा स्वागत गर्दै सपथ ग्रहण गराएका हुन् ।
डंगोलको नियुक्तिसँगै आयोगको काममा महत्वपूर्ण योगदान पुग्ने विश्वास आफूले लिएको आयोगका अध्यक्ष सिंहले बताएका छन् । सो अवसरमा आयोगका सदस्य भागीरथी ज्ञवाली, सचिव गोकर्ण देव पन्तलगायतले समेत आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार डंगोललाई पाँच वर्षे कार्यकालका लागि सदस्य नियुक्त गरिएको आयोगले जनाएको छ । विद्युत् निमयन आयोग ऐन, २०७४ को दफा ७ तथा दफा ८ बमोजिम डंगोललाई सदस्य नियुक्त गरिएको हो ।
आयोगका सदस्य डा. राम प्रसाद धितालले राजिनामा दिएपछि रिक्त रहेको पदमा डंगोललाई नियुक्त गरेको हो । सरकारले सबै पदाधिकारीलाई बर्खास्त गर्ने तयारी गरेपछि डा. धितालले राजिनामा दिएका थिए ।
आयोगका अध्यक्ष डिल्ली बहादुर सिंह, तथा सदस्यहरु भागीरथी भट्टराई र रामेश्वर कलवारलाई सरकारले बर्खास्त गरेको थियो । तर सर्वोच्च अदालतले उनीहरुलाई हटाउने निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ ।
विद्युत् नियमन आयोगको सदस्यमा नियुक्त डंगोलको सपथ भोलि हुँदै
FACEBOOK COMMENTS