काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/ ७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद गरि कुल ७.३७ प्रतिशत लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
FACEBOOK COMMENTS